खैरो हेरोइनसहित ताप्लेजुङबाट एकजना पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २१ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागु औषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ५ का ४१ बर्षिय रोहित श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार लागु औषध बिक्री बितरण गरेको भन्ने गोग्य सूचनाका आधारमा प्रहरीले टोलीले घरमा छापा मार्दा लागु औषध खैरो हेरोइन जस्तो देखिने २ ग्राम ८९० मिलीग्राम पदार्थ फेला पारिएको छ ।

पक्राउ परेका श्रेष्ठलाई ताप्लेजुङ जिल्ला अदालतबाट २३ दिनको म्याद थप गरी वारदात सम्वन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Similar Posts