ताप्लेजुङ अस्पतालमा टेलिपरार्मशमार्फत विशेषज्ञ सेवा सुरु,सेवाका लागि पूर्व जानकारी गराउनुपर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । ताप्लेजुङ जिल्ला अस्पतालले अब हरेक साताको बुधवार छाला तथा यौन रोग विशेषज्ञसंग टेलिपरार्मशमार्फत विशेषज्ञ सेवा प्रदान गर्ने भएको छ ।

ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर किरण थापाका अनुसार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंगको सहकार्यमा छाला तथा यौन रोग विशेषज्ञ प्रोफेसर डाक्टर धनकेशर खड्कासंग टेलिपरार्मशमार्फत विशेषज्ञ सेवा प्रदान गर्न थालिएको हो ।

सेवा लिनका लागि अस्पतालसंग अग्रिम जानकारी लिनुपर्ने समेत डाक्टर थापाले जानकारी दिनुभयो ।

Similar Posts