प्रसनि तामाङ भदौ महिनाको उत्कृष्ट प्रहरी

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १२ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई)पदमबहादुर तामाङ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईका अनुसार इमान्दार,कर्तव्यनिष्ठ,विभागीय मूल्य मान्यता र आदेश निर्देशको पालना गरी व्यवसायिक,लगनशिल र कर्तव्यनिष्ठ ढंगले उत्कृष्ट कार्य सम्पादन गरेका आधारमा तामाङलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

तामाङले कार्य सम्पादनको सिलसिलामा २०८३ साल भदौ १ गते सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखु बस्ने नवीन राईको घरबाट तीनतोला सुनको सिक्री र र ५० हजार नगद चोरी गर्ने सिरिजङ्गा गाउँपालिका वडा नं ४ फुन्द्रुवाका मनकुमार थापालाई फरार रहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बिर्तामोड बसपार्कसंग समन्वय गरी चोरी गरेका सामानसहित भदौ २ गते फेला पारी आवश्यक कारवाहीका लागि प्रहरीमा बुझाएकोसहितका आधारमा जिल्ला प्रहरी कार्यालयले भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।

प्रसनि तामाङले आफु कार्यरत रहेको इलाका स्थानीय तह र स्थानीय समुदायसंग समन्वय गरी स्थानीय जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै आफुलाई दिएको जिम्मेवारीप्रति पूर्ण वफादार रही कार्य सम्पादन गरेको आधारमा पुरस्कृत गरिएको जिल्ला प्रहरी प्रमुख बजगाँईले जानकारी दिनुभयो ।

Similar Posts