इलाका प्रशासन कार्यालय तेल्लोकमा नासु कार्की थपिए

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ७ । इलाका प्रशासन कार्यालय तेल्लोकमा नायव सुब्बा राजु कार्कीको सरुवा पदस्थापन भएको छ । गृह मन्त्रालयले बुधवार कार्कीलाई इलाका प्रशासन कार्यालय तेल्लोकका लागि सरुवा गरेको हो ।

इलाका प्रशासन कार्यालयमा नायव सुब्बा श्यामलाल पन्थीले कायम मुकायम शाखा अधिकृतको रुपमा कार्यालय प्रमुख भएर काम काज गर्दै आउनु भएको छ ।  तेल्लोकमा गत भदौ ५ गते देखि इलाका प्रशासन कार्यालयको स्थापना भइ सेवा सुचारु भएको छ ।

Similar Posts