आठराई त्रिबेणी र मिक्वाखोलामा काँग्रेसको सर्वसम्मत नेतृत्व
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ७ । नेपाली काँग्रेस ताप्लेजुङले अहिलेसम्म दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
आठराई त्रिबेणी गाउँपालिकामा सोम बिमली सभापति रहेको कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ । मिक्वाखोला गाउँपालिका सभापतिमा पञ्च थलङ दोस्रो कार्यकालका लागि दोहोरिनु भएको छ । बुधवार फुङलिङ नगरपालिका सहित यहाँका ९ वटै पालिका अधिबेशन सुरु भएको छ ।
केन्द्रीय सदस्य लिलादेवी बोखिम र जिल्ला सचिव गणेशबाबु निरौला फुङलिङ नगर समितिको कार्यक्रममा सहभागी हुनु भएको छ । प्रतिनिधिसभा सदस्य गीताकुमारी सेन्दाङ र तत्कालिन जिल्ला विकास समितिका सभापति दीपेन्द्र सेन्दाङ आठराई त्रिबेणी गाउँपालिकाको अधिबेशनमा सहभागी हुनु भएको छ ।
जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,महासमिति सदस्य टीकाराम गुरुङ र क्षेत्र नं १(क)का क्षेत्रीय सभापति लक्ष्मीप्रसाद भट्टराई सिरिजङ्गा गाउँपालिका अधिबेशनमा सहभागी हुनु भएको छ ।
कोशी प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेस क्षेत्र नं १(ख)का सभापति खगेनसिं हाङगाम,जिल्ला सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम मेरिङदेन गाउँपालिका स्तरीयमा अधिबेशनमा सहभागी हुनु भएको छ । अन्य नेताहरु सम्वन्धित पालिकामा केन्द्रित हुनु भएको छ ।