सम्भावित विपद् जोखिमको पूर्व तयारी : शुक्रवारसम्मको बिदामा जानु भएका प्रजिअ दाहाल बुधबारै फुङलिङ फिर्ता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ७ । शुक्रवारसम्म बिदा लिएर काठमाडौं जानु ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल सम्भावित विपद् जोखिम व्यवस्थापनका लागि तयारी हालतमा रहन बुधवारै ताप्लेजुङ आउने हुनु भएको छ ।

मौसम विज्ञान विभागले जारी गरेको पूर्व सूचना अनुसार अत्यधिक बर्षा हुने अनुमानका कारण विपद् कमाण्ड पोष्ट खडा गरी पूर्व तयारीसहितका कार्य गर्न बिदाको समय भन्दा दुईदिन अघि नै फुङलिङ फिर्ता हुनु भएको छ । प्रजिअ दाहाल बुधवार राति ताप्लेजुङ आइपुग्नु हुने छ । सम्भावित भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सरकारले देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेपछि प्रजिअ दाहाल बिदा छोट्याएर कर्मक्षेत्र आउनु हुनु भएको हो ।

सम्भावित विपद्को अवस्था तत्काल सम्बोधन गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी हुनेगरिको प्रवन्ध गरेको छ । असोज ८ देखि १० गतेसम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि गृह मन्त्रालयले देशभरका प्रशासान कार्यालयसहितका सरकारी संयन्त्रलाई तयारी हालतमा राख्ने निर्णय गरेको छ ।

Similar Posts