बाढी पीडितलाई ङावोरक सङ्जुम्बोको सहयोग
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १९ । रसुवा बाढी पीडितका लागि ताप्लेजुङका संघसंस्थाले पनि सहयोगी हात बढाउन थालेका छन् ।
सामाजिक संस्था ‘ङावोरक सङ्जुम्बो,फुङ्लेङ’ फुङ्लिङ–४ ले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको छ ।
देश नै विपद्को पींडाले थलिएको समयमा पीडितहरुलाइ सानो सहयोग पुग्ने ध्येयले संस्थाकोतर्फबाट उक्त सहयोग राहत कोषमा जम्मा गरिएको संस्थाका अगुवा कुलदीप मादेनले जानकारी दिनुभयो ।
ताप्लेजुङका निजी बिद्यालयहरुले ६ लाख ५१ हजार रुपैयाँ संकलन गरेका छन् ।