बिहीबारबाट जिम्मेवारी सम्हाल्दै डिएसपी बजगाईँ
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २७ । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख(डिएसपी)कमल बजगाईँ बिहीबारबाट जिम्मेवारी सम्हाल्नु हुने भएको छ ।
बुधवार काठमाडौंबाट बिराटनगर आउने र त्यसपछि ताप्लेजुङतर्फ आई बिहीबारबाट जिम्मेवारी सम्हाल्ने बजगाईँले जानकारी दिनु भएको छ । करिव अढाई महिना अघिमात्र ताप्लेजुङ जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारीमा आउनु भएका डिएसपी उमेश जोशी शान्ति सेना मिसनका लागि सुडानको डार्फर जान लाग्नु भएको छ ।
जोशी अन्तराष्ट्रिय मिसनमा परेर यहाँबाट बिदा हुनुपरेपछि बजगाईँले ताप्लेजुङको प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएको हो । संखुवासभा खाँदवारीका बजगाईँले यसअघि उदयपुरको कटारी इलाका प्रहरी कार्यालय सहित इञ्चार्जको जिम्मेवारी सम्हालिई सक्नु भएको छ । कटारीमा हुँदा बजगाईँ उत्कृष्ट प्रहरी अधिकारीको रुपमा पुरस्कृत समेत हुनु भएको थियो ।