मैवाखोलामा भदौ ३१ सम्म नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध,सूचनाको वेवास्ता गरे कारवाही

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आउँदो भदौ मसान्तसम्म पालिका क्षेत्रका नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध लगाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार २०८३ साल भदौ ३१ गतेसम्म नदीजन्य पदार्थको उत्खनन् गर्ने कार्यमा पूर्ण प्रतिवन्ध गरिएको हो । मैवाखोलाले उक्त अवधिमा नदीजन्य पदार्थको उत्खनन् गरेको पाईए प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ ।

मैवाखोलाले पालिका क्षेत्रमा रहेका नदीनाला तथा खोला खोल्सीहरुबाट ढुङ्गा,गिटी,वालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन्,संकलन तथा बिक्री बितरण हुँदै आएकोमा भदौ ३१ गतेसम्म उक्त कार्य गर्न प्रतिवन्ध गरेको हो ।

पालिकाले नेपाल सरकारबाट जारी भएको नदीजन्य पदार्थ ढुङ्गा,गिटी,वालुवा उत्खनन्,बिक्री बितरण तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ को पहिलो संशोधन २०७९ को दफा ४ को उपदफा(१६) को व्यवस्था बमोजिम भदौ ३१ गतेसम्मका लागि नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध लगाएको जनाएको छ ।

Similar Posts