आव २०८२।८३ मा ताप्लेजुङबाट साढे ८६ करोड रुपैयाँ भन्दा बढी रकम फ्रिज,फ्रिज भएकोमा आधा अर्ब पुँजीगत बजेट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ६ । ताप्लेजुङबाट आर्थिक बर्ष २०८२।८३ मा साढे ८६ करोड बढी रकम खर्च नभई फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार संग्रौलाका अनुसार आव २०८२।८३ मा ८६ करोड ५७ लाख ९५ हजार ३ सय ९६ रुपैयाँ फ्रिज भएको हो । यसमध्ये संघीय बजेट ५२ करोड ७९ लाख ७२ हजार ३ सय ९० रुपैयाँ र प्रदेशतर्फ ३३ करोड ७८ लाख २३ हजार ६ रुपैयाँ बजेट फ्रिज भएको हो । संघीय बजेटतर्फ चालु र पुँजीगत दुबै बजेट हारहारी हिसावले फ्रिज भएको छ भने प्रदेशतर्फ चालुको तुलानमा पुँजीगत बजेट दोब्बर बढीले फ्रिज भएको कोलेनिकाले जनाएको छ । चालुको तुलनामा यहाँबाट पुँजीगत बजेट बढी मात्रामा फ्रिज भएको छ । संघीय र प्रदेशतर्फको बजेट गरी चालुतर्फ ३७ करोड ४ लाख ८४ हजार ९ सय ९० रुपैयाँ बजेट फ्रिज हुँदा पुँजीगततर्फ भने ४९ करोड ५३ लाख १० हजार ४ सय ६ रुपैयाँ फ्रिज भएको छ ।

कोलेनिकाका अनुसार संघीयतर्फ चालु बजेट ४ अर्ब ७८ करोड ४ लाख ८० हजार ९ सय ६ रुपैयाँ बजेट रहेकोमा ४ अर्ब ५१ करोड ९९ लाख ४५ हजार ६ सय ४६ रुपैयाँ खर्च भई २६ करोड ५ लाख ३५ हजार २ सय ६० रुपैयाँ फ्रिज भएको छ । संघीयतर्फ ७६ करोड २१ लाख ८५ हजार रुपैयाँ पुँजीगत बजेट रहेकोमा ४९ करोड ४७ लाख ४७ हजार ८ सय ७० रुपैयाँ खर्च भई २६ करोड ७४ लाख ३७ हजार १ सय ३० रुपैयाँ फ्रिज भएको छ । प्रदेशतर्फ चालु अन्तिम बजेट ६१ करोड २८ लाख १४ हजार रुपैयाँ रहेकोमा ५० करोड २८ लाख ६४ हजार २ सय ७० रुपैयाँ खर्च भई १० करोड ९९ लाख ४९ हजार ७ सय ३० रुपैयाँ फ्रिज भएको छ । प्रदेशतर्फ पुँजीगत बजेट ५२ करोड ३८ लाख ३४ हजार रुपैयाँ बजेट रहेकोमा २९ करोड ५९ लाख ६० हजार ७ सय २४ रुपैयाँ फ्रिज भएको छ ।

Similar Posts