साउन ५ बाट सासुभत्ता बितरण शिविर चलाउँदै मेरिङदेन
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले साउन ५ गते देखि पालिकाका प्रत्येक वडामा पुगेर आर्थिक बर्ष २०८२।८३ को चौथो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बूका अनुसार साउन ५ गते वडा नं १ थिङलाबुस्थित वडा कार्यालय,साउन ६ गते वडा नं ४ लिङतेपस्थित वडा कार्यालय,साउन ७ गते वडा नं ५ थुकिमास्थित वडा कार्यालय,साउन ८ गते वडा नं ३ खाम्लुङस्थित वडा कार्यालय,साउन ११ गते वडा नं ६ नाल्बुस्थित वडा कार्यालय र साउन १२ गते वडा नं २ सान्थाक्रास्थित वनेम खोप केन्द्रमा सामाजिक सुरक्षा भत्ता बितरण गरिने छ ।
लाभग्राहीले सामाजिक सुरक्षा लिनका लागि नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र र सामाजिक सुरक्षा भत्ता कार्ड,इच्छाएको व्यक्तिको हकमा लाभग्राही र इच्छाएको व्यक्ति दुबै जनाको नागरिकताको प्रमाणपत्र,दलित बालबालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रका साथमा आमा वा बुबामध्ये एकजना अनिवार्य उपस्थित हुनुपर्ने समेत पालिकाले जनाएको छ । कुमारी बैंक लिमिटेड मेरिङदेन शाखाको सहकार्यमा लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिने पालिकाले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता बितरण शिविरका समयमा भत्ता लिन छुटेका लाभग्राहीले शिविरको अवधि पश्चात कुमारी बैंकको मेरिङदेनस्थित शाखामार्फत कार्यालय समयमा वा कुमारी बैंक लिमिटेडको नेपालभरको कुनैपनि शाखामा गएर सामाजिक सुरक्षा भत्ता बुझ्न सकिने समेत पालिकाले जनाएको छ ।