उपचार खर्च प्राप्तिका लागि निबेदन दिन मेरिङदेनको आग्रह

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले औषधि उपचार वापतको मासिक खर्च पाउनका लागि निबेदन दिन लाभग्राहीहरुलाई आग्रह गरेको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बूका अनुसार लाभग्राहीहरुले आवश्यक कागजातसहित सम्वन्त्रिधत वडामा निबेदन दिन सक्नेछन् ।

पालिकाले मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मृगौला पक्षघात भएका बिरामीको चिकित्सकले प्रमाणित गरेको कागजातका साथ औषधि उपचार खर्च पाउँ भन्ने व्यहोराको निबेदन संलग्न गर्नुपर्ने जनाएको छ ।

Similar Posts