रेविज रोग बिरुद्ध खोप अभियान चलाउँदै आठराई त्रिबेणी

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २८ । शंकास्पद एक कुकुरले स्थानीय दुई व्यक्ति र एक पशुलाई टोकेपछि ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले रेविज रोग बिरुद्धको भ्याक्सिन दिने कार्यलाई अघि बढाउने भएको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले कुकुरले टोकेका स्थानीय दुई व्यक्तिलाई टिटी खोप र आवश्यक अन्य खोप प्रदान गरिएको र हाङपाङ भर रहेका कुकुरलाई पालिकाको पशु सेवा स्वास्थ्य शाखामार्फत रेविज बिरुद्धको खोप दिने तयारी गरिएको जानकारी दिनुभयो ।

पालिकाले प्रत्येक वडामा रेविज रोग बिरुद्धको खोप तयारी हालतमा राखेको छ । कार्यतालिका अनुसार रेविज रोग बिरुद्धको भ्याक्सिन दिने तयारी गरिरहेको पालिकाले शंकास्द कुकुरले दुई मानिस,एक बाख्रा र अन्य केहि कुकुरलाई समेत टोकेको आशंकामा रेविज रोग रोकथामका लागि हाङपाङभरी रहेका कुकुरलाई तत्कालै भ्याक्सिन दिने योजना बनाएको पालिकाले जानकारी दिएको छ ।

पालिकाले रेविज रोग बिरुद्धको भ्याक्सिन र टिटी खोप पालिकाका प्रत्येक वडामा पुग्नेगरी तयारी हालतमा राखेको समेत जनाएको छ ।

Similar Posts