फुङलिङ नगरपालिकाको सार्वजनिक सुनुवाई धमाधम,आठराई त्रिबेणीको असार २ बाट

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ३१ । जनताका गुनासो,राय तथा सुझाव ग्रहणका लागि ताप्लेजुङको फुलिङ नगरपालिकाले सार्वजनिक सुनुवाई गर्न थालेको छ ।

नगरपालिकाको आयोजना तथा पत्रकार महासंघ ताप्लेजुङको सहजीकरणमा सार्वजनिक सुनुवाई भइरहेको पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम आइतवार फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा सम्पन्न भएको छ । शनिवार वडा नं ११ फावाखोलामा भएको सार्वजनिक सुनुवाई सोमवार वडा नं ९ हाङदेवामा सम्पन्न गरिने समेत आचार्यले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाईको बाँकी कार्यक्रम पछि तय हुने पत्रकार महासंघले जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख अमिर मादेन,नगर उपप्रमुख भीमादेवी ओझा,सम्वधित वडाका वडाध्यक्ष सहितका बिषयगत शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो । यता,आठराई त्रिबेणी गाउँपालिकाले पनि असार २ गते मंगलवारबाट वडा नं १ निघुरादिनबाट सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत अभय राजवंशीका अनुुसार प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुने छ । आठराई त्रिबेणीमा ५ वटा वडा रहेका छन् । सार्वजनिक सुनुवाई कार्यक्रम असार ६ गते समापन हुने छ । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले सार्वजनिक सुनुवाईसंगै आगामी आर्थिक बर्षको नीति,कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बिषय समेत नागरिकहरुबाट संकलन गरिने छ ।

Similar Posts