सिदिङ्वाको कालिखोलामा वडा स्तरीय भलिबल सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ३० । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलामा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पालिका अध्यक्ष मानबहादुर राईले उद्घाटन गर्नु भएको छ । सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा भलिबल प्रतियोगिता सुरु भएको पालिकाको वडा नं १ का वडाध्यक्ष गोपाल बानियाँले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना),प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवा,वडा नं १ का वडाध्यक्ष बानियाँ,वडा नं २ का वडाध्यक्ष पूर्ण माङ्मु,वडा नं ३ का वडाध्यक्ष रत्नबहादुर खत्री,वडा नं ४ का वडाध्यक्ष पूर्ण लिम्बू,वडा नं ५ का वडाध्यक्ष अमर लिम्बू,वडा नं ६ का वडाध्यक्ष रत्नबहादुर लिङदेन,वडा नं ७ का वडाध्यक्ष लक्ष्मण तामाङ,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,कर्मचारीहरुको उपस्थिति रहेको छ ।