७ दिने आवासीय योग प्रशिक्षणसंगै ताप्लेजुङको आठराई त्रिबेणीमा योग समिति गठन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ३० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुका लागि सञ्चालित ७ दिने योग प्रशिक्षण तालिमसमापनसंगै त्यहाँ पालिका स्तरीय पतञ्जली योग समिति गठन भएको छ ।

लेखनाथ भट्टराई भट्टराई अध्यक्ष रहेको पालिका स्तरीय योग समिति गठन भएको पतञ्जली योग समिति ताप्लेजुङका अध्यक्ष शुष्मा शाक्यले जानकारी दिईन् । आठराई त्रिबेणी गाउँपालिकाको आयोजनामा भएको योग प्रशिक्षण कार्यक्रममा वरिष्ठ योग प्रशिक्षक लोकनाथ खनाल,पतञ्जली योग समितिका कोशी प्रदेश सदस्य शान्ति मादेन तथा जिल्ला अध्यक्ष शाक्य मुख्य प्रशिक्षककर्ता हुनुहुन्थ्यो । आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले नियमित योग गर्नाले व्यक्तिमा मानसिक तनावको अन्त हुने,मनमा आउने विभिन्न नकारात्मक र अनावश्यक कुराहरू नियन्त्रित हुनुका साथै शरीर र मांसपेशी मजबुत बनाउने विश्वासका साथ पालिकाका कर्मचारी तथा शिक्षकका लागि आवासीय योग प्रशिक्षण शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

पतञ्जली योग समितिका कोशी प्रदेश सदस्य मादेनका अनुसार योगमा गरिने विभिन्न आसन,प्राणायाम,ध्यान र आध्यात्मिक चिन्तनले मानिसको आन्तरिक तथा बाह्य क्षमता बलियो हुन मद्यत पुग्छ । योग गर्ने व्यक्ति व्यक्ति शारीरिक,मानसिक,संवेगात्मक,सामाजिक र आध्यात्मिक दृष्टिकोणले समेत स्वस्थ हुन्छ एक प्रतिवेदनअनुसार हाल संसारभरका ३०० मिलियन व्यक्तिले दैनिक योग अभ्यास गर्ने गर्छन् । योग भनेको जोड हो र योगले मानिसको आत्मा,मन,मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ र पवित्र आत्माको रूपमा रूपान्तरण गर्न मद्यत पु¥याउने पतञ्जली योग समिति ताप्लेजुङका अध्यक्ष शाक्य बताउँनुहुन्छ । कार्यक्रममा आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ,प्रमुख प्रशासकीय अधिकृत अभय राजवंशी,वडाध्यक्षहरु टेकिन्द्र सेन्दाङ,सूर्यमान यक्सो,लक्ष्मण राई,अर्जुन आङबुहाङ र रामप्रसाद पाठकसहित कार्यपालिका सदस्यहरु,गाउँसभामा सदस्यहरु समेतको उपस्थिति रहेको थियो । योग समितिको नवगठित आठराई त्रिबेणी गाउँपालिका समिति अध्यक्ष भट्टराईले कार्य समिति चयनसंगै अब नियमित योगाभ्यासको कार्यक्रम समेत सुरु हुने जानकारी दिनुभयो ।

Similar Posts