न्यायिक समितिले प्रदान गर्ने सेवा र बिबाद निरुपणका बिषय सबैले थाह पाउनु पर्छ: उपप्रमुख ओझा

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २९ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाले न्यायिक समितिले प्रदान गर्ने सेवा र बिबाद निरुपणका बिषयमा समाजका प्रत्येक सदस्य जानकार हुनुपर्ने बताउनु भएको छ । न्यायिक समिति र मेलमिलापकर्ताको भूमिकाका बारेमा प्रष्ट भएमा मात्र बिबादका बिषयलाई निरुपणका तहमा लैजान सकिने ओझाले बताउनु भएको छ ।

फुङलिङ नगरपालिकाको आयोजना तथा केआरडिआईको सहजीकरणमा बिहीबारबाट फुङलिङ नगरपालिकाका प्रत्येक वडामा सञ्चालन भइरहेको न्यायिक सचेतना कार्यक्रम अन्तरगत शुक्रवार फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा आयोजित कार्यक्रममा नगर उपप्रमुख ओझाले न्यायिक समितिले प्रदान गर्ने सेवा र बिबाद निरुपणका बिषयमा समाजका सदस्यलाई जानकारी गराउन नगरपालिकाले न्यायिक सचेतना कार्यक्रम राखेको बताउनुभयो । उपप्रमुख ओझाले न्यायिक समितिको कार्यक्षेत्र भित्र परेका बिषयमा आफ्नो निकायबाट भइरहेको कार्य सम्पादनका बिषयमा समेत सहभागीलाई जानकारी गराउनु भएको थियो । न्यायिक समितिको कार्यक्षेत्र,न्यायिक समितिबाट सम्पादन हुँदै बिषय,न्यायिक समितिको सक्रियता र मेलमिलापकर्ताको भूमिकाका बिषयमा समेत ओझाले सहभागीलाई जानकारी गराउनु भएको थियो । ओझाले न्यायिक समितिलाई प्राप्त अधिकारको कार्यान्वयन र त्यसमा मेलमिलापकर्ता तथा वडापालिकाका जनप्रतिनिधिको भूमिकाका बिषयमा सरोकारवालालाई जानकारी गराउन न्यायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले अहिलेसम्म वडास्तरमा देखिएका न्यायिक समस्या,मेलमिलापकर्ता र वडाअध्यक्षसहितका जनप्रतिनिधिबाट भईरहेको पहल,न्यायिक समितिमा पुगेका बिषय र न्यायिक निरुपणका सवालमा आफ्नो अनुभव सहितको भनाई राख्नु भएको थियो । कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं १० का वडा सचिव सचिन रेग्मी,वडा सदस्य पम्फा दमाई सहितको उपस्थिति रहेको थियो । न्यायिक सचेतना कार्यक्रममा अधिवक्ता राजेन्द्र श्रेष्ठले न्यायिक समितिको क्षेत्राधिकार,न्यायिक समितिले गर्ने न्यायिक निरुपणको कार्यक्षेत्र,मेलमिलापकर्ताको काम कर्तव्य र अधिकार,न्यायिक निरुपणका सवालमा भएको कानुनी व्यवस्था,बालबिबाह,बहुबिबाह र यससंग सम्वन्धित कानुनी व्यवस्था,लैंगिक हिंसा सहितका बिषयमा भएको कानुनी प्रावधानका बिषयमा सहभागीलाई जानकारी गराउनु भएको थियो । नगरपालिका क्षेत्रका ९ स्थानमा सञ्चालन हुने कार्यक्रम अन्तरगत शनिवार फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवामा न्यायिक सचेतना कार्यक्रम सञ्चालन हुने सहजीकरण संस्था केआरडिआईका कार्यक्रम संयोजक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

 

 

 

Similar Posts