ग्रासरुट फुटबल प्रशिक्षणसंगै खेल सामग्री हस्तान्तरण
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २३ । ताप्लेजुङमा शनिवार ग्रासरुट फुटबल प्रशिक्षणसंगै खेलाडीलाई खेल सामग्री बितरण गरिएको छ ।
फुङलिङ नगरपालिका वडा नं ४ को प्रायोजन तथा जिल्ला फुटबल संघको आयोजनामा ग्रासरुट फुटबल प्रशिक्षणसंगै खेलाडीलाई खेल सामग्री बितरण गरिएको जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङ लिम्बूले जानकारी दिनुभयो । लिम्बूका अनुसार ग्रासरुट फुटबल प्रशिक्षणमा करिव ५० जना सहभागी थिए ।
फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गा पालुङ्वा,लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन,पूर्व अध्यक्ष युगराज गुरुङ सहितको उपस्थिति रहेको जिल्ला फुटबल संघले जनाएको छ ।