थिवा सडक खण्ड आज अपरान्ह देखि भोलीबिहानसम्म बन्द
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २३ । तमोर करिडोर अन्तरगत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ स्थित थिवा सडक खण्ड शनिवार अपरान्ह देखि आइतवार बिहान ६ः०० बजेसम्म बन्द हुने भएको छ ।
फक्ताङलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार थिवा सडक खण्डमा अपर तमोर जलविद्युत परियोजनाद्धारा ढलान,मर्मतसम्भार तथा स्तरोन्न्तीको कार्य जारी रहेकोले दुईपाङ्गे सहितका सबै सवारी साधन शनिवार अपरान्ह ३.०० बजेदेखि आइतवार बिहान ६ः०० बजेसम्म बन्द हुने भएको छ ।
पालिकाले उक्त सडक खण्ड भई यात्रा गर्नेहरुलाई बन्दको तालिका पछि मात्र यात्रा तालिका तय गर्न आग्रह समेत गरेको छ ।