कोशी | ब्यानर न्युज | राजनीति
सिनाममा अनेम संघको वडाकमिटी गठन

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २१ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ सिनाममा नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघको वडाकमिटी गठन भएको छ । वडा अधिवेशनबाट पनिता राईको अध्यक्षतामा २९ सदस्यीय अनेम संघको वडाकमिटी गठन भएको हो ।
वडाकमिटीको उपाध्यक्षमा तिला कार्की, सचिवमा चाँदनी माबो र कोषाध्यक्षमा राधिका भट्टराई चयन हुनुभएको छ । अधिवेशनले वडाकमिटी सर्बसम्मत चयन गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य सन्तोष चाम्लिङले जानकारी दिनुभयो ।
वडा अधिवेशन तत्कालीन संविधानसभाका सदस्य एवम् नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष भूपेन्द्र थेबेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बताइएको छ । वडा अधिवेशनको उद्घाटन सत्र चन्दा थेबेको अध्यक्षता र चाँदनी थेबेको सञ्चालनमा भएको थियो ।