ईन्भेष्टमेन्ट मेगा बैंक ताप्लेजुङद्धारा बिद्यार्थीलाई ब्याग बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ७ । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड शाखा कार्यालय ताप्लेजुङले सामाजिक उत्तरदायित्व अन्तरगत फुङलिङस्थित एक आधारभूत बिद्यालयका ७० बिद्यार्थीलाई पाठ्यपुस्तक बोक्ने झोला दिएको छ ।

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक संगमदीप श्रेष्ठका अनुसार फुङलिङ नगरपालिका वडा नं ५ स्थित पाथीभरा आधारभूत बिद्यालयका बिद्यार्थीलाई पाठ्यपुस्तक बोक्ने झोला दिएको हो । उक्त कार्यक्रमकै अवसरमा फुङलिङ नगरपालिका वडा नं ५ वडा कार्यालयमार्फत पनि बिद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, फुङलिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष सोजित श्रेष्ठ,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यापक सहितको उपस्थिति रहेको थियो ।

ताप्लेजुङमा २०७५ साल साउन २० गते गण्डकी विकास बैंकको नाममा उदय भएको बैंक अहिले नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकको शाखा कार्यालयको रुपमा सेवा प्रवाह गरिरहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ‘क’ वर्गको वाणिज्य बैंक हो,जसले नेपालभर ३२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल यस बैंकले नेपालभर २५१ शाखाहरुबाट सेवा उपलब्ध गराउँदै आएको छ ।

Similar Posts