खोलामा नुहाउने क्रममा बेपत्ता बालक मृत भेटिए
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ११ । खोलामा नुहाउने क्रममा बैशाख ५ गते देखि ताप्लेजुङस्थित तमोर नदीमा वेपत्ता ९ बर्षिय बालकको शव शुक्रवार भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्वु घर भइ हाल फुङलिङ नगरपालिका वडा नं २ बसोबास गर्दै आउनु भएका फुर्वा शेर्पाको शव फेला परेको हो ।
फुङलिङ नगरपालिका वडा नं २ हान्द्रुङ र मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङबिच भएर बग्ने तमोर खोलामा वेपत्ता फुर्वाको शव मेरिङदेन गाउँपालिका वडा नं ३ दोभानस्थित तमोर खोलाको किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
नाल्वो घर हुनुभएका निङ्मा शेर्पा छोरा फुर्वा सहित सपरिवार फुङलिङ नगरपालिका वडा नं २ स्थित धोक्रे भन्ने स्थानमा स्थानीय हेमन्त श्रेष्ठकोमा बस्दै आउनु भएको थियो ।