फक्ताङलुङका बिद्यालय तीनदिन बन्द,प्रजिअद्धारा जोखिम समयमा बिद्यालय बन्द समेतको निर्णयका लागि अनुरोध

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ७ । सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले असोज ९ देखि ११ गतेसम्म पालिका भित्रका सबै बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले सम्भावित प्रतिकुल मौसमलाई ध्यानमा राखी तीनदिन पालिका क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । पालिका अध्यक्ष लिम्बूका अनुसार बिद्यालय बन्द गरी सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । पालिकाले अत्यावश्यक बाहेक घरबाट बाहिर नहिड्न,यात्रा नगर्न र समयमै विपद् प्रतिकार्यको तयारी गर्न सबैलाई आग्रह गरेको छ ।

यसअघि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्लाका ९ वटै पालिकालाई अनुरोध पत्र लेख्दै सम्भावित विपद् जोखिलाई मध्यनजर गर्दै असोज ९ गते देखि ११ गतेसम्म पालिका अन्तरगतका बिद्यार्थीलाई सुरक्षित तवरले बिद्यालय आउने जाने व्यवस्था मिलाउन र आवश्यक परे बिद्यालय बन्द गर्नुपर्ने भए सोहि अनुसार व्यवस्था मिलाउन आग्रह गर्नु भएको थियो ।

Similar Posts