चालु आवको नौमहिनामा एकथानमात्र भ्रष्टाचार सम्वन्धी मुद्दा !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३ । चालु आर्थिक बर्षको ९ महिना अवधिमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा एउटा मात्र भ्रष्टाचार सम्वन्धी मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चालु आवको चैत महिनामा भ्रष्टाचार सम्वन्धी एउटा मुद्दा दर्ता भएको हो । प्रशासन कार्यालयका अनुसार आर्थिक बर्ष २०८१।८२ मा अख्तियार दुरुपयोग सम्वन्धी तीनवटा तथा आव २०८०।८१ मा छ थान मुद्दा थिए । प्रशासन कार्यालयले चालु आवमा पाँचवटा वटा बैबाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ । अघिल्लो आव २०८१।८२ भरमा सातवटा वटा र २०८०।८१ मा १३ वटा बैबाहिक अंगीकृत नागरिकता जारी भएका थिए । आव २०८१।८२ को चैत मसान्तसम्मा ताप्लेजुङबाट एकथान पनि गैर आवासीय नेपाली नागरिकता जारी नभएको प्रशासन कार्यालयले जनाएको छ । आव २०८१।८२ र २०८०।८१ मा भने मा भने यहाँबाट क्रमशःआठ र छवटा गैर आवासीय नेपाली नागरिकता जारी भएका थिए ।

चालु आवको चैत मसान्तसम्ममा जन्मका आधारमा वंशजको नागरिकता जारी भएका छैनन् । आव २०८१।८२ मा पनि जन्मको आधारमा दिइने वंशजको नागरिका जारी भएका थिएनन् भने आव २०८०।८१ मा भने यस्तो प्रकृतिका चारथान नागरिकता जारी भएका थिए । प्रशासन कार्यालयले चालु आवको चैत महिनामा कार्यालयबाटै एकसय ६८ जनाको निःशुल्क रुपले अनलाइन राहादानी फारम भरिदिएको छ । प्रशासन कार्यालयका अनुसार नागरिक सहायता कक्षबाट चारसय छ जनालाई कार्यालय प्रयोजनमा प्रयोग हुने विभिन्न कागजातका प्रतिलिपि निःशुल्क उपलब्ध गराईएको छ । प्रशासन कार्यालयमा चालु आवको चैत मसान्तसम्ममा दुईसय ४५ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण सच्याउन आबेदन दिएका छन् । एकहजार चारसय १४ जनाले राष्ट्रिय परिचयपत्रको रुजु विवरण हराई खोजीका लागि आबेदन दिएको प्रशासन कार्यालयले जनाएको छ ।

Similar Posts