चैत महिनामा ताप्लेजुङमा ५ जनाले गरे आत्महत्या

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३ । ताप्लेजुङमा चैत महिनामा पाँच जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार पाँचजनाले नै झुण्डीएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ०–१६ बर्ष उमेर समूहका दुई जना,१६–२५,२६–३५ र ४६–६० बर्ष उमेर समूहका एक–एक जना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय मासिक प्रगति विवरण सार्वजनिक गर्दै आइरहेको छ । प्रनी पोखरेलका अनुसार चैत महिनामा ताप्लेजुङमा दुईवटा सवारी दुर्घटना भएका छन् । सो क्रममा एकजना घाइते भएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटनाका दुईवटा घटना भएकोमा सवारीको यान्त्रिक गडबढीबाट एक र झुण्डीएर यात्रा गर्ने क्रममा एकवटा दुर्घटना भएका छन् । महिनादिन भरीका ३३ वटा चेकिङको क्रममा ९३ वटा सवारीको कारवाहीबाट ९७ हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

चैत महिनामा घरेलु हिंसा र महिला,बालबालिका तथा जेष्ठ नागरिकसंग सम्वन्धित कुनैपनि उजुरी प्रहरीकोमा दर्ता भएनन् भने लागु औषध समेत बरामद नगरिएको प्रहरीले जनाएको छ । ठाडो उजुरी चारवटा प्राप्त भएकोमा चारवटै उजुरी मिलापत्रमा टुङ्गाईएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएको एक उजुरी समेत मिलापत्रमा सकिएको जिल्ला प्रहरी कार्यालयले आफ्नो प्रगति विवरणमार्फत बताएको छ । चैत महिनामा तीन महिला,एक पुरुष,दुई बालक,र एक बालिका गरी सातजना हराएकोमा चालु महिनामै दुई महिला,एक पुरुष,दुई बालक र एक बालिका गरी छजना फेला परेका छन् । चैत महिनामा सातजना फेला परेपनि चैत महिनामै हराएका सातमध्ये छजना भने चालु महिनामै फेला परेको प्रहरीले जनाएको छ । चैत महिनामा प्रहरीले २८ जना नागरिकता सम्वन्धी सर्जमिन मुचुल्का तयार पारी नागरिकलाई दिएको जनाएको छ ।

Similar Posts