ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड : ५४ स्वर्णको प्रतिश्पर्धा सकिदा मैवाखोलाको अग्रता कायमै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २५ । ताप्लेजुङको सिदिङ्वामा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५४ स्वर्णको स्पर्धा सकिदा मैवाखोला गाउँपालिकाको अग्रता कायमै रहेको छ ।

आइतवार दोस्रो दिनको खेल सकिदा आठराई त्रिबेणी गाउँपालिकाले पदकमा सुधार गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बूका अनुसार आइतवार साँझसम्ममा कुल १ सय ९८ पदकको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुुसार मैवाखोला गाउँपालिका २१ स्वर्ण,१४ रजत र ११ कास्य सहित ४६ पदकका साथ पहिलो स्थानमा रहेको छ । आठराई त्रिबेणी गाउँपालिका ११ स्वर्ण,१२ रजत र १८ कास्य पदक सहित दोस्रो स्थानमा रहँदा फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाले समान ७–७ स्वर्ण जितेका छन् । सिदिङ्वाले १० रजत र १५ कास्य पदक सहित ३२ पदक जित्दा फुङलिङले ८ रजत र २२ कास्य सहित ३७ पदक जितेको छ । मिक्वाखोला गाउँपालिकाले ३ स्वर्ण,३ रजत र १५ कास्य गरी २१ पदक जितेको छ ।

मेरिङदेन गाउँपालिका र सिरिजङ्गा गाउँपालिकाले समान २–२ स्वर्ण पदक जितेका छन् । मेरिङदेनले ५ स्वर्ण र ५ रजत पदक सहित कुल पदकको संख्या १२ पु¥याएको छ भने सिरिजङ्गाले १ रजत र ३ कास्य सहित ६ पदक हाँसिल गरेको छ । पाथीभरा याङवरक गाउँपालिकाले १ स्वर्ण,१ रजत र १ कास्य पदक सहित ३ पदक हातमा पार्दा फक्ताङलुङ गाउँपालिका पदक बिहिन छ । अब १२ स्वर्ण र १२ रजत सहित कास्य पदकका लागि सोमवार स्पर्धा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । कराँते,तेक्वादो,उसु र भलिबल खेलमा कास्य पदक दोहोरो(डबल) हुने भएकोले कास्यको संख्यामा यसअघि भनिएको ७० पदक संख्याबाट बृद्धि भएको बताईएको छ । शुक्रबारबाट सिदिङ्वा गाउँपालिकाको केन्द्र रहेको साब्लाखुस्थित टावरडाँडा खेल मैदानमा सुरु १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमवार सकिदैं छ ।

Similar Posts