कर्मचारी मिलन केन्द्रको १२ औं साधारणसभा संगै मिलन पुस्तकको बिमोचन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन ५ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको १२ औं साधारणसभा अवसरमा शनिवार मिलन पुस्तक बिमोचन गरिएको छ ।

३ सय ४ पृष्ठको मिलन पुस्तकमा २९ वटा लेख,५ वटा कविता,तथा १–१ वटा समालोचना,कथा,निवन्ध र कथा समेटिएका छन् । पुस्तकको कर्मचारी मिलन केन्द्र ताप्लेजुङका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल,मिलन केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई,जिल्ला न्यायधिवक्ता नारायण रिमाल, भीमकाली गुल्मका गुल्मपति सेनानी बरुण दर्शनधारी,जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू,सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवाल,प्रमुख अनुसन्धान अधिकृत सञ्जय मण्डल, ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर ओमप्रकाश थापा मगर र डाक्टर महेश्वर गोसाँई र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख गणेश पोखरेल सहितको उपस्थितिमा बिमोचन गरिएको छ ।

मिलन पुस्तक माथि पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले समिक्षा गर्नु भएको थियो । मिलन केन्द्रको बार्षिक साधारणसभामा सहसचिव डाक्टर रञ्जना खड्का तथा कोषाध्यक्ष नवराज गिरीले क्रमशः सांगठनिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको मिलन केन्द्रका सचिव रजिता श्रेष्ठले जानकारी दिनुभयो । मिलन केन्द्रले हरेक बर्ष साधारणसभा तथा मैत्रीपूर्ण वनभोज कार्यक्रम गर्दै आइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts