ताप्लेजुङमा ६ महिनामा ४३ प्रतिशत मुद्दा फर्छ्यौट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १५ । चालु आर्थिक बर्ष २०८२।८३ को ६ महिने अवधिमा ताप्लेजुङ जिल्ला अदालतले ४३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।

ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्मीकपुर शाहका अनुसार जिम्मेवारी सरी आएका र नयाँ लगतको रुपमा दर्ता भएका समेत गरी कुल ३ सय ७० थान मुद्दा रहेकोमा १ सय ६० थान मुद्दा फर्छ्यौट गरिएको छ । शाहका अनुसार जिम्मेवारी सरी आएका १ सय ५९ र नयाँ लगतको रुपमा दर्ता भएका २ सय ११ मुद्दामध्ये जिम्मेवारी सरी आएका ८६ र नयाँ लगतको रुपमा दर्ता भएका ७४ थान मुद्दाको फर्छ्यौट गरिएको छ । अदालतमा रहेकामध्ये २ सय १० थान मुद्दा कारवाहीको प्रकृयामा रहेका अदालतले जनाएको छ ।

फर्छ्यौट गरिएकामध्ये ८६ थान मुद्दा ६ महिना भित्रका,५३ थान ६ महिना देखि १ बर्ष भित्रका,१६ थान मुद्दा १ बर्ष देखि १८ महिना भित्रका र ५ थान मुद्दा १८ महिना देखि २ बर्ष भित्रका रहेका छन् । अदालती कारवाहीको क्रममा नयाँ लगतको रुपमा दर्ता हुन आउने बाहेक १ सय ३७ थान मुद्दा ६ महिना भित्रका,५७ थान मुद्दा ६ महिना देखि १ बर्ष भित्रका,१५ थान मुद्दा १ बर्ष देखि १८ महिना भित्रका र १ थान मुद्दा १८ महिना देखि २ बर्ष भित्रका छन् । २ बर्ष नाघेका मुद्दाको संख्या नरहेको समेत अदालतले जानकारी दिएको छ ।

Similar Posts