ताप्लेजुङमा श्रेष्ठ राश्वपाबाट प्रतिनिधिसभाको उम्मेदवार

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २७ । ताप्लेजुङमा आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठ प्रत्यक्षतर्फको उम्मेदवार बन्ने हुनु भएको छ ।

राश्वपाको शनिवार बसेको बैठकले श्रेष्ठलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाउँदै आइतवार सिरिजङ्गा गाउँपालिकाको वडा नं १ सिनाम पञ्चमीमा उम्मेदवार घोषणा कार्यक्रम राखेको राश्वपाका जिल्ला उपसभापति दावा शेर्पाले जानकारी दिनुभयो । पञ्चमी बजार श्रेष्ठको पुख्र्यौली गाउँ हो । त्यहीबाट राश्वपाले उम्मेदवारी घोषणा तथा निर्वाचन प्रचार कार्यक्रम सुरुवात गर्ने जनाएको छ । ईञ्जिनियर पृष्ठभूमीका श्रेष्ठ जलविद्युत क्षेत्रमा दख्खल भएका व्यक्तिमा पर्नुहुन्छ । पछिल्लो समय श्रेष्ठको पहिचान गायक तथा ईञ्जिनियरका नामले स्थापित भएको छ । गीत र संगितमा औधी रुची राख्ने श्रेष्ठले बिभिन्न जलविद्युत परियोजनामा परियोजना व्यवस्थापक भएर जलविद्युत आयोजनाको सफल सम्पन्नताको भूमिका निर्वाह गर्नु भएको छ । राश्वपामा आद्धबता अघि श्रेष्ठ नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि हुनुहुन्थ्यो । काँग्रेसको महाधिबेशन प्रतिनिधि त्याग गरेर श्रेष्ठ राश्वपाको सक्रिय राजनीतिमा लाग्नु भएको हो ।

यसपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिरिजङ्गा गाउँपालिकाका उम्मेदवार बढी हुने देखिएको छ । नेपाली काँग्रेसले सिरिजङ्गाको खेवाङ घर भएका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङलाई उम्मेदवारको रुपमा अघि सारेको छ । नेपाली कम्युनिष्ट पार्टीबाट सिरिजङ्गाको पेदाङ घर भएका खेलप्रसाद बुढाक्षेत्री(पराग)लाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । श्रम संस्कृति पार्टीबाट सिरिजङ्गाको याम्फुदिनका सन्तोष राई उम्मेदवार बन्ने चर्चा छ । नेकपा एमालेले पार्टी उप–महासचिव योगेशकुमार भट्टराई(मैवाखोला),पार्टी केन्द्रीय सदस्यद्धय तिलकुमार मेन्याङ्वो(पाथीभरा याङवरक) र क्षितिज थेबे(सिरिजङ्गा)निवर्तनमा केन्द्रीय सदस्य टंक आङवुहाङ(आठराई त्रिबेणी) र भीमादेवी ओझा(फुङलिङ)लाई सिफारिस गरेपनि उम्मेदवारको टुङ्गो लाग्न भने बाँकी रहेको छ । अन्य पार्टीका उम्मेदवार टुङ्गिन बाँकी रहेको छ ।

Similar Posts