| |

नेपालमा एकै दिन दुई हजार २० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ६१ हजार नाघ्यो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, असोज २ ।
नेपालमा हालसम्मकै बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका दुई हजार २० जना सङ्क्रमित थपिएका छन् । देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार ४९८ वटा आरटी पीसीआर परीक्षण भएका छन् । योसँगै नेपालमा आठ लाख ९४ हजार ३७३ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा शुक्रबार थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ६१ हजार ५९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमित १७ हजार ३४३ छन् । पछिल्लो २४ घण्टामा एक हजार ८७१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । योसँगै कुल ४३ हजार ८२० पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ । आइसोलेसनमा कुल १७ हजार ३८३ पुगेको छ । क्वारेन्टिनमा सात हजार ७३६ जना छन् । यस्तै पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । उक्त संख्यासँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts