| |

संघीय मेला भलिबल उपाधि थुम्बेदिनले जित्यो

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २०। ताप्लेजुङमा सम्पन्न संघीय मेला भलिबल उपाधि थुम्बेदिनले जितेको छ । संघीय मेलाको अवसरमा खेलाइएको अन्तर वडास्तरीय भलिबल प्रतियोगितामा शनिबार भएको फाइनलमा आम्बेगुदिनलाई ३–१ को सेटमा हराउँदै थुम्बेदिनले उपाधि जितेको हो ।
उपाधि जितसँगै विजेताले एक लाख दुई हजार ६६ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेताले ५० हजार २८२ रुपियाँ नगदका साथै ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । विजेतालाई सिरिजंघा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान लगायतले पुरस्कार र ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनस्थित संघीय मेला खेलकुद/सांस्कृतिक क्लबले आयोजना गरेको प्रतियोगिता पुस १६ गते सुरु भई शनिबार सम्मपन्न भएको हो । क्बलका अध्यक्ष रक्की थेबेका अनुसार प्रतियोगितामा विभिन्न १४ टोलीले सहभागिता जनाएका थिए ।
यता विगत १७ वर्षदेखि निरन्तर लाग्दै आएको ऐतिहासिक संघीय मेलामा शुक्रबार साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिमा बृहत सांस्कृतिक संघीय साँझ आयोजना गरिएको थियो । मेला आम्बेगदिनको खाम्दिमे बजारमा सञ्चालन गरिएको थियो ।

Similar Posts