सत प्रतिशत अनुदानमा तरकारीबालीका बीउ र खेतिमा प्रयोग हुने उपकरण उपलब्ध गराउँदै सिदिङ्वा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १२ । ताप्लेजुङको सिदिङ्गा गाउँपालिकाले वडा नं ३ आङखोप र वडा नं ४ साब्लाखुका किसानलाई सत प्रतिशत अनुदानमा तरकारी बालीको बीउ उपलब्ध गराएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार आङखोपका ३ तथा साब्लाखुका २ टोल विकास संस्थामा आवद्ध किसानहरुलाई सत प्रतिशत अनुदानमा तरकारी बालीको बीउ उपलब्ध गराईएको हो । अधिकारीका अनुसार आङखोपको लसुने,थुङरुम्बा र आगेपा टोल विकास संस्था तथा साब्लाखुको बरडाँडा र सिंहदेवी टोल विकास संस्थामा आबद्ध किसानलाई पालिकाले आलु,लसुन,मटर,टमाटर,काउली,बन्दा र प्याज सहितका तरकारीबालीको बीउ उपलब्ध गराएको छ ।

पालिकाले तरकारी बालीका क्रममा प्रयोग हुने हजारी,स्प्रले लगायतका सामग्री बितरण गरिएको समेत पालिकाले जनाएको छ । प्रत्येक टोल विकास संस्थाका १६ जना गरी जम्मा ८० जना कृषकलाई पालिकाले तरकारीबालीको बिउ तथा खेति प्रयोजनमा प्रयोग हुने उपकरण दिएको छ । पालिकाका अनुसार पालिकाले ३ हजार ४ सय ४० किलो आलुको बीउ,२ सय किलो लसुनको बीउ,७५ किलो मटरको बीउ र किसानको आवश्यकता अनुसार टमाटर,काउली,बन्दा र प्याजको बीउ बितरण गरिएको छ ।

प्रत्येक किसानका लागि हजारी दुईवटा र स्प्रे १ वटाका दरले गरी ८० किसानलाई १ सय ६० वटा यस्ता सामग्री प्रदान गरिएको समेत पालिकाले जनाएको छ । पालिकाले अन्य वडाहरुमा समेत माटो र हावापानीको सुहाउँदो तरकारी तथा अन्नबालीका बिरुवा तथा खेतिमा प्रयोग हुने सामग्री बितरणलाई निरन्तरता दिने समेत जनाएको छ ।

 

Similar Posts