काउन्टर तोडफोड गरी चोरी गरेको आरोपमा पक्राउ
-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ३१ । ताप्लेजुङमा बसपार्कमा रहेको सवारी काउन्टर तोडफोड गरी चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार फुङ्लिङ बजारको तोक्मेडाँडा बसपार्कस्थित मेवा ताप्लेजुङ यातायात प्रालितको काउन्टर तोडफोड गरी चोरी गरेको आरोपमा युवक पक्राउ परेका हुन् ।
काउन्टर तोडफोड गरी चोरी गरेको आरोमा पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–४ बस्ने १९ वर्षीय इन्सान लिम्बू रहेका छन् । काउन्टर तोडफोड गरेर ६० हजार रुपियाँ नगद, एटिम कार्ड, मोटरसाइकलको हेलमेट लगायतका सामग्री चोरी गरेको आरोपमा लिम्बू पक्राउ परेका प्रहरीले जानकारी दिउको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार सवारी काउन्टर तोडफोड गरी चोरी भएको भनी शनिबार जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएको थियो । उक्त जानकारीपछि खटिएको प्रहरी टोलीले घटनास्थल क्षेत्रमा रहेको सीसी टिभी फुटेजका आधारमा लिम्बूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।
उहाँको अनुसार पक्राउ परेका परेका लिम्बूउपर घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य अघि बढाइएको छ ।