फक्ताङलुङमा निःशुल्क दन्त स्वास्थ्य शिविर सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा आइतवारबाट ४ दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सुरु भएको छ ।

पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरीको प्राविधिक सहयोगमा वडा नं ३ लिङखिमस्थित सिँवा स्वास्थ्य चौकी र पालिकाको केन्द्र वडा नं ५ तापेथोकस्थित आधारभूत अस्पतालमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने छ । पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार लिङखिमस्थित सिँवा स्वास्थ्य चौकीमा मंसिर २१ र २२ गते तथा आधारभूत अस्पताल तापेथोकमा २३ र २४ गते शिविर सञ्चालन हुने छ ।

शिविरमा चिकित्सकको परार्मशमा पूर्ण सेट दाँत लगाउने,आंशिक खुद्रा दाँत लगाउने,सबै उमेर समूहका नागरिकहरुको निकाल्न मिल्ने दाँत निकाल्ने र दन्त तथा मुख स्वास्थ्य सम्वन्धी परीक्षण तथा परार्मश सेवा प्रदान गर्ने कार्य भइरहेका छन् ।

Similar Posts