गाडी ओत लगाउने क्रममा ताप्लेजुङको पाथीभरा क्षेत्रमा सवारी दुर्घटना,चालक सहित २ घाईते

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १६ । चालक गाडीबाट निस्की ओत लगाउने क्रममा भएको सवारी दुर्घटनामा परी ताप्लेजुङको पाथीभरा क्षेत्रमा चालक सहित दुईजना घाइते भएका छन् ।

लगाउने क्रममा गाडीको चक्काले किची मे१ज २३२४ नं को बोलेरो गाडीका चालक पाँचथर फिदिम न.पा –१३ बस्ने बर्ष अन्दाजी ३३ बर्षका उमेश राई र गाडीमा सवार मोरङ उर्लाबारी नगरपालिपा–४ बस्ने मन्जु न्यौपानेको छोरा बर्ष ११ को अंकित न्यौपाने सामान्य घाइते हुनु भएको छ । घाइतेमध्ये चालक राईको टाउकोमा बायाँ खुट्टामा र हातमा चोट रहेको र छ भने न्यौपाने सामान्य घाइते हुनु भएको छ ।

चालक राईको अवस्था मध्यम र बोल्न सक्ने अवस्थाको तथा न्यौपानेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले जानकारी दिनु भएको छ । गाडीमा ११ जना सवार रहेकोमा अन्य ९ जना यात्री भने सामान्य रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान तथा उद्धारका लागि प्रहरी नायव निरीक्षक(सई)गोबिन्द सिलवालको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको समेत जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

Similar Posts