शनिवार पाथीभरा मन्दिरमा यस सिजनकै सबैभन्दा बढी दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ८ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिवार यो सिजनकै बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिवार दिउँसो पौने २ बजे सम्ममा ५ हजार ९ सय दर्शनार्थीले मन्दिरको दर्शन गरेका हुन् । मन्दिरको दर्शन गर्न जानेहरु बेलुकीसम्म नै आउजाउ गरिरहने भएकोले दिउँसोका संख्यामा थप हुने देखिएको छ ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार यो सिजन लागिकन शनिवारको दर्शनार्थी संख्या अहिलेसम्मकै उच्च हो ।

असोज महिना भरमा २९ हजार १७४ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । २०८१ सालको कात्तिक महिनामा ६१ हजार १७३ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको तथ्याङ्क क्षेत्र विकास समितिसंग रहेको छ । २०८१ साल भरीमा २ लाख २१ हजार ६०२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।

 

Similar Posts