कात्तिक ८ गते पाथीभरा क्षेत्रमा लागि पूजा अराधना तथा वृहत्त सरसफाई कार्यक्रम सञ्चालन हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ४ । यही कात्तिक ८ गते शनिवार ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा विश्व शान्तिका लागि पूजा अराधना तथा वृहत्त सरसफाई कार्यक्रम सञ्चालन हुने भएको छ ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिकाको संयुक्त आयोजनामा पूजा अराधना तथा वृहत्त सरसफाई कार्यक्रम सञ्चालन हुन लागेको हो । पाथीभरा क्षेत्र विकास समितिले उक्त कार्यका सहभागी हुन राजनीतिक दल,जिल्लास्थित सुरक्षा निकाय,संघसंस्था,क्लव,उद्योगी व्यवसायी तथा सामाजिक संघसंस्थामा आवद्ध सबैलाई आग्रह गरेको छ ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङले क्षेत्र विकास समितिले पाथीभराको संरक्षण,सम्वद्र्धन,सरसफाई र प्रचारप्रसार सहितका कार्य नियमित रुपमा गर्दै आएको र कात्तिक ८ गते शनिवार सबैको सहभागितामा पूजा अराधना तथा वृहत्त सरसफाई कार्यक्रम सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।