पाँचथरको सवारी दुर्घटनामा ६ जनाको मृत्यु,६ जना घाइते

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १८ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाबाट धरानतर्फ जाँदै मे १ ज ३०५५ नम्बरको बोलेरो जीप पाँचथरको पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ कात्तिकेमा शनिवार दिउँसो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले उज्यालो पोष्टसंग कुरा गर्दै ६ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । उहाँका अनुसार ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको छ । ६ जनाको उद्धार गरी उपचारका लागि पठाईएको समेत उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा रहेका पाँचथरका सञ्चारकर्मीहरुले सिकिस्त घाइते अवस्थाका ५ जनालाई उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एकजनालाई पाँचथरको फिदिम अस्पताल पठाईएको बताएका छन् ।

Similar Posts