मेची राजमार्गको इलाम जोरकलश देखि ताप्लेजुङ सुकेटारसम्म रात्रिकालिन सवारी सञ्चालनमा रोक

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १८ । सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको इलाम जोरकलश देखि ताप्लेजुङको सुकेटारसम्म एवम् मेची करिडोरको केचना कञ्चनजंघा सडकमा रात्रिकालिन बन्द गरेको छ ।
शनिवार एक सार्वजनिक सूचना जारी गर्दै सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले मनसुन सक्रिय भई बाढी पहिरोको सन्त्रासका कारण उल्लेखित सडक मार्गमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना जारी नभईञ्जेलसम्मका लागि सवारी बन्द गरिएको जानकारी दिनुभयो ।
भट्टराईका अनुसार दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपरे इलामतर्फ प्रस्थान गर्ने ठूला सवारी साधन(कुल वजन १० टन भन्दा बढी भएकाहरुले)मेची करिडोर केचना–कञ्चनजंघा सडक र साना सवारी साधन(कुल वजन १० टन भन्दा कम भएकाहरुले)सिमलगोलाई–जोगमाई–तिल्केनी सडक प्रयोग गर्नुपर्ने हुन्छ ।