ताप्लेजुङमा गरियो फूलपाती बढाईँ

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १३ । ताप्लेजुङमा सोमवार फूलपाती बढाँई गरिएको छ । नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्म र सशस्त्र प्रहरीको नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट डोली सहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगी विधिपूर्वक पूजाअर्चना गरेर त्यहाँबाट फूलपाती लगिएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ,दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति(सशस्त्र डिएसपी)प्रमोदप्रकाश पाठक सहित फूलपाती बढाँईमा सहभागी हुनु भएको थियो । बडादसैँअन्तर्गत शुभसाइतमा जिल्ला प्रहरी कार्यालयमा रहेको दसैँघरबाट फूलपातीसहितको डोली बोेकेर सम्वन्धित कार्यालयतर्फ पु¥याईएको छ ।
सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर फूलपाति बढाइँ भएपछि फूलपाती स्वरूप केरा,दारिम, धान,हलेदो, माने,कर्चुर, बेल,अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याउन चलन रहेको छ ।