शुक्रवारदेखि वडाबाटै सासुभत्ता बितरण गर्दै मेरिङदेन

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पालिकाका प्रत्येक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवका अनुसार पालिकाको वडा नं १ थिङलाबुमा असोज ३ गते शुक्रवार सामाजिक सुरक्षाभत्ता बितरण गरिने छ । चालु आर्थिक बर्ष २०८२।८३ को प्रथम चौमासिक किस्तावापतको सामाजिक सुरक्षा भत्ता मेरिङदेन गाउँपालिकास्थित कुमारी बैंक लिमिटेडको शाखामार्फत बितरण गर्न लागिएको पालिकाले जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार असोज ४ गते शनिवार वडा नं २ सान्थाक्रास्थित कुमारी बैंक लिमिटेडको मेरिङदेन शाखाको कार्यालयबाटै बितरण गरिने छ । यस्तै असोज ५ गते आइतवार वडा नं ३ खाम्लुङ,६ गते सोमवार वडा नं ४ लिङतेप,७ गते मंगलवार वडा नं ५ थुकिमा र ८ गते बुधवार वडा नं ६ नाल्बुमा सामाजिक सुरक्षा भत्ता बितरण गरिने मेरिङदेनले जनाएको छ ।

लाभग्राहीले सामाजिक सुरक्षा भत्ता लिन आउँदा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र वा भत्ताकार्ड,इच्छाएको व्यक्तिको हकमा लाभग्राही र इच्छाएको व्यक्ति दुबैको नागरिकताको प्रमाणपत्र अनिवार्य लैजानुपर्ने समेत पालिकाले बताएको छ । यस्तै दलित बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र लिएर बाबु वा आमामध्ये एकजना अनिवार्य उपस्थित हुनुपर्ने र सामाजिक सुरक्षा भत्ता बितरण गर्न गाउँमा पुगेको शिविरमार्फत भत्ता लिन नपाएको भए शिविर पश्चात असोज ९ र १० गते कुमारी बैंक लिमिटेडको मेरिङदेन शाखामार्फत र सो भन्दा पछि भए दशैं पश्चात भत्ता लिन सकिने समेत पालिकाले जनाएको छ ।

Similar Posts