कागजात नभएका र अबैधानिक सामग्रीको खरिद बिक्री नगर्न ताप्लेजुङ प्रहरीको अनुरोध
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कागजात नभएका र अबैधानिक बहुमूल्य गरगहना सहितका सामग्रीको खरिद तथा बिक्री नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले बिहीबार साँझ एक सूचना जारी गरी त्यस्ता सामग्रीहरुको खरिद तथा बिक्री भइरहेको भन्ने गोप्य सूचना प्राप्त हुन आएको भन्दै कागजातबिहिन त्यस्ता सामग्रीको खरिद तथा बिक्री नगर्न नगराउन आग्रह गर्नु भएको छ ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार जेन जी आन्दोलनका क्रममा उपत्यका सहित बिभिन्न स्थानमा भेला जम्मा भई र्याली,जुलुस लगायतका बिरोध प्रर्दशन गर्ने क्रममा निजी तथा व्यपारिक भवन,बैंक तथा वित्तीय संस्था लगायतमा रहेका कागजपत्र,ऐतिहासिक दस्तावेज,बहुमूल्य बस्तु,गरगहना,हातहतियार तथा अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट भई बिभिन्न माध्यमबाट बिक्री बितरण भइरहेको भन्ने सूचना आएकोले त्यस्तो नगर्न आग्रह गर्नु भएको छ ।