ओसाकाले जितिन् यूएस ओपन

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)न्युयोर्क,भदौ २८ । जापानकी नाओमी ओसाकाले शनिबार यूएस ओपन जितेकी छिन् । एक सेटले पछाडि रहेको स्थिति उल्टाएर उनले फाइनलमा बेलारुसकी भिक्टोरिया अजरेन्कालाई १–६, ६–३ र ६–३ ले हराइन् । चौथो वरीयताकी ओसाकाले गैर वरीयता प्राप्त आफ्ना प्रतिद्वन्द्वी जित निकाल्न दर्शकविहीन आर्थर ऐस स्टेडियममा १ घण्टा ५३ मिनेट खर्चेकी थिइन् । यससँगै २२ ओसाकाले जितेको ग्रान्ड स्लाम उपाधि तीन पुगेको छ । यसअघि सन् २०१८ मा पनि यूएस ओपन जितेकी ओसाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन पनि हात पारेकी थिइन् । अजरेन्काले पहिलो सेट २६ मिनेटमा जितेर दोस्रो सेटमा पनि २–० को अग्रता लिएकी थिइन् । ओसाकाले त्यही स्थितिबाट खेलमा पुर्नआगमन रचिन् र ११ गेममध्ये १० मा जित निकालिन् । उपाधिपछि ओसाकाले भनिन्, ‘फाइनल जित्न निकै गाह्रो भयो । तर मैले खेलमा उत्कृष्ट पुर्नआगमन भने गर्न सफल भएँ । (कान्तिपुरबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts