रोजगारी गुमेपछि बहराइनबाट फर्किए १४६ नेपाली

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ २८ । विश्वभर फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिका कारण बहराइनमा समस्या भोगिरहेका १ सय ४६ नेपालीलाई त्यहाँस्थित राजदूतावासले विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ । कम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुक कामदारलाई स्वदेश ल्याइएको हो । यस्तै बिदामा बहराइनबाट नेपाल आएका र कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएर रोकिएका र पुनः रोजगारीमा बहाल हुन इच्छुक १ सय ४५ नेपालीलाई बहराइन नै फर्काएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भन्नुभयो, ‘हाम्रो साथ आमाको काख’ अभियानको सहयोगमा उहाँहरू बहराइन फर्किनुभएको हो ।’ उहाँका अनुसार कोरोना महामारी सुरु भएपछि सानो लगानीका होटल, रेस्टुरेन्ट बन्द भए, १ हजार ३ सय नेपालीले रोजगारी गुमाएका छन्, हामीले समस्यामा परेकालाई अप्रिल महिनामै नेपाल जान चाहनेलाई पठाएका थियौं । उहाँका अनुसार छुट्टीमा नेपाल फर्किएका ९ सय २७ जनामध्ये १४५ पुनः रोजगारीमै बहराइन फर्किएका हुन्। यस्तै नेपाल फर्किन चाहने ३ सय नेपालीमध्ये गत बिहीबार १४६ फर्किएका हुन् । बाँकी नेपाल फर्किन इच्छुक र नेपालबाट पुनः रोजगारीमा बहराइन फर्किन इच्छुकलाई विमान चार्टर गरेरै नेपाल ल्याउने र बहराइन जान चाहनेलाई लैजाने योजना रहेको राजदूत सुन्दासले बताउनुभयो । (नागरिकबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts