करेन्ट लागेर ताप्लेजुङको तापेथोकमा एकजनाको मृत्यु

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १५ । गेलेण्डर चलाउने क्रममा करेण्ट लागेर आइतवार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ मा एक युवकको ज्यान गएको छ ।

ज्यान जानेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा पूर्णबहादुर राईका ३० बर्षिय छोरा सन्तोष राई रहनु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ५ स्थित ताम्मावाखोलामा पाथीभरा सर्भिस सेन्टरले पुल निर्माणका लागि ठेक्का लिई निर्माणाधिन पुलमा काम गर्ने क्रममा करेन्ट लागि निज सन्तोषको मृत्यु भएको हो ।

घाइते अवस्थामा उहाँलाई उपचारका लागि तापेथोक आधारभूत अस्पताल लगिएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Similar Posts