प्रजिअ सेढाईँ आइपुग्दै,शर्मा र सेढाईँको भेडेटारमा भेट

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ९ । ताप्लेजुङका नयाँ प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ सोमवार साँझ ताप्लेजुङ आइपुग्नु हुने भएको छ ।
यसअघिका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा सोमवार बिहान यहाँबाट बिदाई भएर कार्यक्षेत्र काठमाडौंतर्फ लाग्नु भएको छ । सेढाईँ र शर्माबिच धनकुटाको भेडेटारमा बिदाई तथा स्वागत भेट भएको छ ।‘मैले उहाँलाई ताप्लेजुङको जिम्मेवारी सहज रुपमा पूरा होस् भन्ने शुभकामना दिएँ,उहाँले मलाई आगामी कार्यकालका लागि शुभकामना दिनुभयो’शर्माले भन्नुभयो । २०८१ साल कात्तिक १२ गते देखि ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी निर्वाह गर्दै आउनु भएका शर्माको भदौ पहिलो साता गृह मन्त्रालय सरुवा भएको हो । गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत सेढाईँ ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएको छ ।
ताप्लेजुङको स्थानीय सुरक्षा निकायमा प्राय सबै नयाँ व्यक्तिहरु जिम्मेवारीमा रहनु भएको छ । यहाँस्थित सुरक्षा प्रमुखमध्ये सबैभन्दा पुरानो जिम्मेवारी जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतमको हुने छ । दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक साउनको पहिलो साता देखि यहाँको सुरक्षा प्रमुखको रुपमा रहनु भएको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय खड्का र पाठक भन्दा अघि आफ्नो जिम्मेवारीमा आउनु भएको हो ।