तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि लागि सलहेसलाई

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३१ । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि मधेस प्रदेशको सलहेस फुटबल क्लव सिराहाले हात पारेको छ ।

बागमतिको चर्च ब्वाईज फुटबल क्लव ललितपुरलाई २–० को गोल अन्तरमा पराजित गर्दै दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपबिजेता सलहेसले यसपटक उपाधि लगेको छ । सलहेससंग पराजित चर्च ब्वाईज उपबिजेतामा सिमित भयो ।

बिजेता सलहेसले उपाधिसहित नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपबिजेता चर्च व्वाईजले ३ लाख ५० हजार ८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाएका छन् । उपाधिका लागि भिडेको सलहेसले चर्च ब्वाईज बिरुद्ध मध्यान्तर पछि दुबै गोल गरेको थियो ।

सलहेसका लागि युसुफ मल्लिकले पहिलो र सुनिल खड्काले दोस्रो गोल गर्दै टिमलाई २–० को जीत सुनिश्चित गर्नु भएको थियो ।

Similar Posts