|

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटन मन्त्रीको निर्देशन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिनु भएको छ । बुधवार मन्त्रालमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगको संयुक्त बैठकमा मन्त्री भट्टराईले सो निर्देशन दिनु भएको हो । आन्तरिकतर्फ दुईवटा मात्र टुईनअटर जहाज भएको र त्यसले पहाडी र दुर्गम क्षेत्रको माग धान्न नसक्ने भन्दै मन्त्री भट्टराईले तत्काल खरिद योजना अघि बढाउन समेत निर्देशन दिनु भएको पर्यटनमन्त्रीका प्रेश संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पव्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ ? त्यसको खाका लगानी कोष,संचय कोष,पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न समेत निर्देशन दिनु भएको छ । उहाँले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजावाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न समेत निर्देशन दिनुभयो । एयरलाईन्सको स्थिति सुधारको लागि आ–आफनो विभागबाट तत्कालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्न समेत मन्त्री भट्टराईले आग्रह गर्नु भएको छ । नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पतीको (जग्गा) ब्यवसायीक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार सकिने मन्त्री भट्टराईको बिश्वास थियो । उहाँले यसका लागि समेत प्रकृया अघि बढाउन मातहतका निकायलाई भन्नु भएको छ । मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनैपनि क्रियाकलापमा संलग्न भए कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निर्देशन दिनुभयो । खर्चकटौती तथा मितब्ययिता अपनाउन, व्ययभार बढी हुने गरी विदेशमा राखिएका कर्मचारी कटौती गर्न र बैठक भत्ता घटाउन समेत मन्त्री भट्टराईको निर्देशन छ । कर्मचारी,बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत उहाँले आग्रह गर्नु भएको छ । मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी र क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र तोक्नु पर्नेमा जोड दिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts