|

सुन र हिरामा लगाएको करको विरोधमा मोटरसाइकल र्याली

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २४ । ताप्लेजुङका सुनचाँदी व्यवसायीले सुन र हिरामा लगाइएको करको विरोधमा मोटरसाइकल र्याली निकालेका छन् । सरकारले आगामी आर्थिक वर्षको विधेयकमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा मोटरसाइकल ¥याली निकाएिको हो ।
पाथीभरा सुनचाँदी कला व्यवसायी संघ ताप्लेजुङको अगुवाइमा मंगलबार सदरमुकाम फुङ्लिङ मोटरसाइकल ¥याली निकालिएको हो । सुनमा लगाएको दुई प्रतिशत विलासिता कर खारेज गर, बहुमूल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर, सुनचाँदी भन्सार दर नेपाल र भारतमा समान रुपमा कायम गरजस्ता प्ले कार्डसहित व्यवसायीले मोटरसाइकल ¥याली गरेका हुन् ।
फुङ्लिङ बजारको टुक्रे लाइनदेखि सुरु गरिएको मोटरसाइकल ¥याली तोक्मे हुँदै बजार पक्रिक्रमपछि वीरेन्द्रचौकमा पुगेर कोणसभा गरिएको थियो । कोणसभालाई सम्बोधन गर्नुहुँदै पाथीभरा सुनचाँदी कला व्यवसायी संघका जिल्ला अध्यक्ष गंगाराम शङ्खरले कर खारेज नगरेसम्म सुनचाँदी व्यवसायीको आन्दोलन जारी रहने बताउनुभयो ।
सुनचाँदी व्यवसायीहरुको संस्थाको केन्द्रीय निर्णयअनुसार जिल्लामा करको विरोध गरिएको पनि अध्यक्ष शङ्खरले बताउनुभयो । व्यवसायीहरु आन्दोलित बनेको महिनौ बित्दासमेत सरकारले कुनै वास्ता नगरेको र अझै वार्तामा बोलाएर समस्या समाधानको पहल नभए आन्दोलनलाई सशक्त बनाउँदै यातायात बन्द गर्नेसमेत शङ्खरले चेतावनी दिनुभएको छ ।
व्यवसायीहरुले सुन तथा हिराजन्य वस्तुमा लगाएको नयाँ कर प्रावधानले व्यवसायमा नकारात्मक असर पर्ने र उपभोक्तालाई समेत भार पर्नेभन्दै खारेजीको माग गरेका हुन् । सरकारले लगाएको विलासिता कर र मूल्य अभिवृद्धि कर अव्यावहारिक भएको र यसले व्यवसायलाई थप संकटमा पार्ने पनि सुनचाँदी व्यवसायीले उल्लेख गरेका छन् । ताप्लेजुङका सुनचाँदी व्यवसायीले करको विरोधमा सोमबार पनि प्रदर्शन गरेका थिए ।

Similar Posts