ट्राफिक सप्ताहको समापनमा ‘बाइक स्लो रेस’ हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ११ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार ट्राफिक सप्ताहको समापनका लागि ‘बाइस स्लो रेस’आयोजना गर्ने भएको छ ।

सवारी गति नियन्त्रणलाई समेत सघाउ पुग्ने हिसावबाट ‘बाइक स्लो रेस’ प्रतियोगिता आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रसनी)सुमन अधिकारीले जानकारी दिनुभयो । ‘बाइस स्लो रेस’ प्रतियोगितामा सहभागिता निःशुल्क गरिएको र बिजेता बन्नेलाई उचित पुरस्कार सहित सम्मानित गरिने गरिने समेत अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिता बिहीबार बिहान ८ः०० बजे नयाँबसपार्क क्षेत्रमा आयोजना गरिने भएको छ ।

प्रतियोगितामा इच्छुकलाई सहभागिताका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आवह्वान समेत गरेको छ । फुङलिङ नगरप्रमुख अमिर मादेन,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,जिल्ला प्रहरी प्रमुख(प्रनाउ)बेदप्रसाद गौतम सहितको उपस्थितिमा बिहीबार ट्राफिक सप्ताहको समापन गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रभातफेरि र सचेतनामुलक अन्तरक्रिया सहितका कार्यक्रम गरेर ट्राफिक सप्ताहको शुभारम्भ भएको थियो ।

 

 

Similar Posts